Most Viewed Poem

मेरो माटो - Kul Bahadur KC (अधिराज्यव्यापी छन्द कविता लेखन प्रतियोगिता २०६२ मा प्रथम हुन सफल कविता ) Best Nepali Poem

                        मेरो माटो  (अधिराज्यव्यापी छन्द कविता लेखन प्रतियोगिता २०६२ मा प्रथम हुन सफल  कविता ) माटोको ममता छ भित्र मुटुमा माया छताछुल्ल छ मैले स्नेह गरेर छुन्छु करले माटो  यहाँ फुल्दछ । यै माटोसित प्रेम गर्दछु मता सच्चा किसानी बनी आस्था रोप्छु म देशको जतनले छोपेर ढुङ्गा पनि ॥ यो माटो मठ हो पवित्र तुलसी, श्रीखण्डको लेपन जन्मे बुद्ध र जानकी अघि यहाँ माटो छ यै पावन । यो धर्तीभरको उचा शिखरमा मेरै छ माटो सुन ठूलै यत्न गरेर वीरहरुले सक्छन् त्यहाँ उक्लिन ॥ मेरा सिर्जनशील हातह छन् माटो छ यै उर्वर  मैले बस्न हुँदैन काम नगरी राखी कसैको भर । अर्काको भरमा हुँदैन कहिल्यै उत्थान वा उन्नति आफैमा परिपूर्ण बन्नु छ अझै यै हुन्छ राम्रो अति ॥                        -  कवि   कुलबहादुर के. सी. This is not the complete poem. For full poem send us a mail at poemsnepal@gmail.com . We will send you the complete Mero Maato Poem from Kul Bahadur KC in your inbox. Your email will be safe with us. Poems 24 Nepal. the largest collection of best Nepali poems

अमेरिका (America) - Poet Kul Bahadur KC | Nepali Poem , Nepali Kabita

                     अमेरिका
                            - कवि कुलबहादुर के.सी.

आफै अग्रिम भै विकास पथमा लम्की रहेता पनि
तारा झैं नभमा निरन्तर सधैं चम्की रहेता पनि ।
रोएको छ अमेरिका मुलुक त्यो संकीर्णं आफै बनी
मर्छन आपसमा लडेर जनता काला र गोरा भनी !!
(२)
काला जात दवाउने नियतमा लागेर गोराहरु
गर्छन् ती व्यवहार वर्ग हितकै सामन्त चेलाहरु
स्यस्तो नीच बिचारले मगजमा हाँगा फिजाए पछि -
भोग्नै पर्छ हरे ! कुनै समयमा त्यो राष्ट्रले दुर्गति ॥
(३)
कालाको पनि हन्छ रक्त- कँणमा रातो र तातो पना
कालाको पनि हुन्छ भित्र मुटुमा बाँच्ने कतै चाहना ।
त्यस्को ख्याल नराखि एक रतिनै हत्या अझै गर्दछन् !
खोज्दैमा अधिकार अल्प-मतका मान्छे त्यहां मर्दछन् !!
(४)
हिंसाबाट बचेन राष्ट्र जव त्यो सम्पन्न भै के भयो ?
सारा सुन्दरता भएर पनि त्यो आँखा फुटे झै भयो ।
साझा त्यो घर भित्र हैकम सबै गोराहरु कै रह्यो
कालो जात अमेरिका शहरमा जन्मेर पो के भयो ??
(५)
जस्तै भारत देशमा अबुझ भै हिन्दू तथा मुश्लिम
लड्छन मन्दिर यात मश्जिद भनी हुन्छन सदा रक्तिम !
ढुंगा ईश्वर मान्दछन्, मनुजका गर्छन् तिनै शोषण!
मर्छन धर्म भनेर आपस सधैं मच्चाइ दिन्छन् रण !!
(६)
जस्को शक्ति छ त्यो निरङकुश बनी पडकन्छ गोला सरि
निर्दोषी पनि मर्दछन रगतका बन्छन् ठूला पोखरी
निर्दाको हक छैन बाँच्न पनि ता के रास्ट्रको गौँरव ?
हत्याले मुलुकै अराजक बने त्यो नर्क हो रौरव ।।
(७)
त्यस्तै नै छ अमेरिका मुलुकमा काला र गोरा पनि
ताका-ताक गरेर जातहरुमा सानो र ठूलो भनी
काला जात दबाउछन् विषमता राखेर गोरा जन
बाँचौ एक भएर सन्तति सबै भन्दैन मान्छे किन ?
(८)
आफ्नो शक्ति पुग्यो भनेर अहिले हेपिन्छ अर्को भने
पक्का त्यो परिणाम हुन्छ खतरा संघर्ष मच्चाउने
साँचो घुम्छ सदैव यो समयको फर्कन्छ पालो पनि
रोपेको फल भोग्नु पर्छ जनले लाचार आफै बनी ।।
                   - Poet Kul Bahadur KC
                  'गाउँले' कविता सङ्ग्रह बाट साभार
                  (२०५०)

This is a poem about the racial discrimination between the Black and the White people of America. Not only does this poem apply to America, but it applies to other nations as well where such discrimination and forms of discrimination are prevalent. The poet elaborates on the message that every human is born equal and should not be discriminated on the basis of their race, religion, etc. The poet has also included a message against discrimination based on religion.


For such more meaningful and poems filled with messages subscribe to Poems24Nepal
Poems24Nepal has you covered with the best top Nepali poems / kavita

Comments