सीमाना मिच्चिएको छ
- कवि कुलबहादुर के.सी.
नेपाली छौं निकट अतिनै भारती मित्र साथ
धोकामा छौं तर पनि उनै मित्रका पक्षबाट !
लादेका छन् दिन दिन नयाँ नीति विस्तारवाद
सीमा जम्मै अतिक्रमण भै मिच्चिएको छ साँध !!
सीमावर्ती जमिन लुटिए भित्रिए बाँध भित्र
पाएका छौं कति विषयमा द्वैध खाले चरित्र !
हामी कैयौ पटक ठगियौ देशका मामिलामा
मर्कामा छौ कति दिन बसौ शब्द रोकी गलामा ??
नेपालीको अहित हुन गो शारदा बाँध पैलो
त्यस्तै घाटा टनकपुरको बाँध भो रन्थमैलो !
जस्ले गर्दा नहर सुविधा भारती भूमिमा छ
हाम्रो जग्गा-जमिन जति हो मृत्युको काखमा छ !!
कोशी बग्छिन् गहभरि हुँदै अश्रुधारा खसाल्छिन्
सुस्ता रुन्छिन् हृदय भरिको बेदना पोख्न थाल्छिन् ।
आफै मर्माहित हिमनदी गण्डकी छाल रुन्छन्
नेपालीका मृदुल-मुटुमा तीर घोची रहन्छन् ॥
आगो सानो अनि नजिकको भाइ सानो भनेर
हेपी त्यस्तै विषम घडिमा शीरमा कुल्चिएर ।
दादा बन्ने रहर नगरौं लाजले झुक्नु पर्ला
हाम्रो सीमा बल जफतले मिच्चिएको ठहर्ला ॥
कालापानीतिर पनि अझै दृष्टि कालो गरेमा
नेपालीले सहन नसकी बोल्न चर्को परेमा ।
नालापानी सरह अघिको युद्धमा लम्किनेछौं
सानो सम्झी नगर किचलो बज्रमुक्का दिनेछौं ।।
नेपाली हौं युग युग सधैं शान्तिको पक्षमा छौं
या होस् टाढा, नजिक दुनिया मित्रता राख्न सक्छौं ।
कर्का, मर्का विविध थरिका चोट लाग्दा सहन्छौ
देशै मिच्ने नियत छ भने कालको रूप लिन्छौं ॥
विजय उन्मुख अक्षरहरु बाट साभार
(लेखको मिति: २०६२ माघ २ गते )
- Poet Kul Bahadur K.C.
Simana Michiyeko Chha is a great patriotic Nepali poem by the patriotic poet Kul Bahadur Kc. Here he writes his words to express the feeling of a common Nepali citizen towards the border encroachment by India throughout the history of Nepal and even the present border issue between Nepal-India due to the Lipulek, Kalapani, Limpiyadhura. This poem has been written by the famous poet Kul Bahadur Kc against the Indian philosophy of treating Nepal's land as part of its own territory.
Subscribe for more awesome poems full of patriotism like these and support Nepali poems and support Poems24Nepal.
The poems are solely of the poet and can't be copied.
Unauthorized posting of a copyrighted work on a website or claiming as own can subject you to “statutory damages,” set by law at a minimum of $750 and a maximum of $30,000 per work that is infringed, based on the court's discretion..
Comments
Post a Comment