Most Viewed Poem

मेरो माटो - Kul Bahadur KC (अधिराज्यव्यापी छन्द कविता लेखन प्रतियोगिता २०६२ मा प्रथम हुन सफल कविता ) Best Nepali Poem

                        मेरो माटो  (अधिराज्यव्यापी छन्द कविता लेखन प्रतियोगिता २०६२ मा प्रथम हुन सफल  कविता ) माटोको ममता छ भित्र मुटुमा माया छताछुल्ल छ मैले स्नेह गरेर छुन्छु करले माटो  यहाँ फुल्दछ । यै माटोसित प्रेम गर्दछु मता सच्चा किसानी बनी आस्था रोप्छु म देशको जतनले छोपेर ढुङ्गा पनि ॥ यो माटो मठ हो पवित्र तुलसी, श्रीखण्डको लेपन जन्मे बुद्ध र जानकी अघि यहाँ माटो छ यै पावन । यो धर्तीभरको उचा शिखरमा मेरै छ माटो सुन ठूलै यत्न गरेर वीरहरुले सक्छन् त्यहाँ उक्लिन ॥ मेरा सिर्जनशील हातह छन् माटो छ यै उर्वर  मैले बस्न हुँदैन काम नगरी राखी कसैको भर । अर्काको भरमा हुँदैन कहिल्यै उत्थान वा उन्नति आफैमा परिपूर्ण बन्नु छ अझै यै हुन्छ राम्रो अति ॥                        -  कवि   कुलबहादुर के. सी. This is not the complete poem. For full poem send us a mail at poemsnepal@gmail.com . We will send you the complete Mero Maato Poem from Kul Bahadur KC in your inbox. Your email will be safe with us. Poems 24 Nepal. the largest collection of best Nepali poems

पागल - Laxmi Prasad Devokta







      पागल

रुर साथी म पागल !
यस्तै छ मेरो हाल ।
म शब्दलाई देख्दछु !
दृश्यलाई सुन्दछु !
बासनालाई संबाद लिन्छु ।
आकाशभन्दा पातालका कुरालाई छुन्छु ।
ती कुरा,
जसको अस्तित्व लोक मान्दैंन
जसको आकार संसार जान्दैन !
म देख्दछु, ढुङ्गालाई फूल !
जब, जलकिनारका जल चिप्ला ती,
कोमलाकार, पाषाण,
चाँदनीमा,
स्वर्गकी जादूगर्नी मतिर हाँस्दा,
पत्रिएर, नर्मिएर, झल्किएर,
बल्किएर, उठ्दछन् मूक पागलझैँ,
फूलझैँ- एक किसिमका चकोर फूल !
म बोल्दछु तिनसँग, जस्तो बोल्दछन् ती मसँग
एक भाषा, साथी !
जो लेखिन्न, छापिन्न, बोलिन्न, बुझाइन्न, सुनाइन्न ।
जुनेली गङ्गा-किनार छाल आउँछ तिनको भाषा
साथी ! छाल छाल !
जरुर साथी म पागल !
यस्तै छ मेरो हाल !
तिमी चतुर छौ, वाचाल !
तिम्रो शुद्ध गणित सूत्र हरहमेशा चलिरहेको छ
मेरो गणितमा एकबाट एक झिके
एकै बाँकी रहन्छ !
तिमी पाँच इन्द्रियले काम गर्छौ,
म छैटौँले !
तिम्रो गिदी छ साथी !
मेरो मुटु ।
तिमी गुलाफलाई गुलाफ सिवाय देख्न सक्तैनौ,
म उसमा हेलेन र पद्मिनी पाउँछु,
तिमी बलिया गद्य छौ !
म तरल पद्य छु !
तिमी जम्दछौ जब म पग्लन्छु,
तिमी सँग्लन्छौ जब म धमिलो बन्छु,
र ठीक त्यसैका उल्टो !
तिम्रो संसार ठोस छ ।
मेरो बाफ !
तिम्रो बाक्लो, मेरो पातलो !
तिमी ढुङ्गालाई वस्तु ठान्दछौ,
ठोस कठोरता तिम्रो यथार्थ छ ।
म सपनालाई समात्न खोज्दछु,
जस्तो तिमी, त्यो चिसो, मीठो अक्षर काटेको
पान्ढीकीको बाटुलो सत्यलाई !
मेरो छ वेग काँडाको साथी !
तिम्रो सुनको र हीराको !
तिमी पहाडलाई लाटा भन्दछौ,
म भन्छु वाचाल ।
जरुर साथी ।
मेरो एक नशा ढिलो छ ।
यस्तै छ मेरो हाल !i
           - Laxmi Prasad Devkota

Comments