Most Viewed Poem

मेरो माटो - Kul Bahadur KC (अधिराज्यव्यापी छन्द कविता लेखन प्रतियोगिता २०६२ मा प्रथम हुन सफल कविता ) Best Nepali Poem

                        मेरो माटो  (अधिराज्यव्यापी छन्द कविता लेखन प्रतियोगिता २०६२ मा प्रथम हुन सफल  कविता ) माटोको ममता छ भित्र मुटुमा माया छताछुल्ल छ मैले स्नेह गरेर छुन्छु करले माटो  यहाँ फुल्दछ । यै माटोसित प्रेम गर्दछु मता सच्चा किसानी बनी आस्था रोप्छु म देशको जतनले छोपेर ढुङ्गा पनि ॥ यो माटो मठ हो पवित्र तुलसी, श्रीखण्डको लेपन जन्मे बुद्ध र जानकी अघि यहाँ माटो छ यै पावन । यो धर्तीभरको उचा शिखरमा मेरै छ माटो सुन ठूलै यत्न गरेर वीरहरुले सक्छन् त्यहाँ उक्लिन ॥ मेरा सिर्जनशील हातह छन् माटो छ यै उर्वर  मैले बस्न हुँदैन काम नगरी राखी कसैको भर । अर्काको भरमा हुँदैन कहिल्यै उत्थान वा उन्नति आफैमा परिपूर्ण बन्नु छ अझै यै हुन्छ राम्रो अति ॥                        -  कवि   कुलबहादुर के. सी. This is ...

यात्री - Laxmi Prasad Devkota

  यात्री


कुन मन्दिरमा जान्छौ यात्री,

कुन मन्दिरमा जाने हो ?

कुन सामग्री पुजा गर्ने

साथ कसोरी लाने हो ?

मानिसहरूका काँध चढी
कुन देवपुरीमा जाने हो ?

हाडहरूका सुन्दर खम्बा
मांस पिण्डका दिवार ।
मस्तिस्कको यो सुनको छाना
इन्द्रियहरुका द्वार !
नसा-नदिका तरल तरङ्ग,
मन्दिर आफू अपार ।

कुन मन्दिरमा जान्छौ यात्री,
कुन मन्दिरको द्वार ?
मनको सुन्दर सिंहासनमा
जगदिश्वरको राज ।
चेतनको यो ज्योति हिरण्य,
उसको शिरको ताज ।

शरिरको यो सुन्दर मन्दिर,
विश्वक्षेत्रको माझ ।
भित्र छ ईश्वर बाहिर आँखा
खोजि हिंडछौ कुन पुर ?
ईश्वर बस्तछ गहिराइमा,
सतह बहन्छौ कति दूर ?

खोजी गर्छौ ? हृदय उगाऊ,
बत्ति बाली तेज प्रचुर 
साथी यात्री बीच सडकमा,
ईश्वर हिंडछ साथ
चुम्दछ ईश्वर काम सुनौला
गरीरहेको हात

छुन्छ तिलस्मी करले उसले,
सेवकहरूको माथ ।
सडक किनारा गाउँछ ईश्वर
चराहरूको तानामा
बोल्दछ ईश्वर मानिसहरूको
पीडा, दु:खको गानामा

दर्शन किन्तु कहीं दिंदैन,
चर्म-चक्षुले कानामा ।
कुन मन्दिरमा जान्छौ यात्री,
कुन नवदेश बिरानामा ?
फर्क फर्क हे ! जाऊ समाऊ,
मानिसहरूको पाउ।
मलम लगाऊ आर्तहरूको,
छहराइरहेको घाउ 
मानिस भई ईश्वरको यो
दिव्य मुहार हँसाऊ ।
           - Laxmi Prasad Devkota

Comments