मेरो माटो - Kul Bahadur KC (अधिराज्यव्यापी छन्द कविता लेखन प्रतियोगिता २०६२ मा प्रथम हुन सफल कविता ) Best Nepali Poem
मेरो माटो - Kul Bahadur KC (अधिराज्यव्यापी छन्द कविता लेखन प्रतियोगिता २०६२ मा प्रथम हुन सफल कविता ) Best Nepali Poem
मेरो माटो (अधिराज्यव्यापी छन्द कविता लेखन प्रतियोगिता २०६२ मा प्रथम हुन सफल कविता ) माटोको ममता छ भित्र मुटुमा माया छताछुल्ल छ मैले स्नेह गरेर छुन्छु करले माटो यहाँ फुल्दछ । यै माटोसित प्रेम गर्दछु मता सच्चा किसानी बनी आस्था रोप्छु म देशको जतनले छोपेर ढुङ्गा पनि ॥ यो माटो मठ हो पवित्र तुलसी, श्रीखण्डको लेपन जन्मे बुद्ध र जानकी अघि यहाँ माटो छ यै पावन । यो धर्तीभरको उचा शिखरमा मेरै छ माटो सुन ठूलै यत्न गरेर वीरहरुले सक्छन् त्यहाँ उक्लिन ॥ मेरा सिर्जनशील हातह छन् माटो छ यै उर्वर मैले बस्न हुँदैन काम नगरी राखी कसैको भर । अर्काको भरमा हुँदैन कहिल्यै उत्थान वा उन्नति आफैमा परिपूर्ण बन्नु छ अझै यै हुन्छ राम्रो अति ॥ - कवि कुलबहादुर के. सी. This is ...
- Get link
- X
- Other Apps
Nice poem by Kavi KC
ReplyDeleteThankyou for your appreciation. Do subscribe for future poems.
Delete